News Portal

दाङको कोइलाखानीभित्र च्यापिएर मजदुरको मृत्यु

रातोपोस्ट संवाददाता
३४६ पटक

दाङ, २७ मंसिर । दाङमा कोइलाखानीमा काम गर्ने एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो घोराही उपमहानगरपालिका–१ दाङ्जामा रहेको पशुपति कोइलाखानीमा काम गर्ने घोराही उपमहानगरपालिका–१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको खानीभित्रको सुरुङमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

घाइते अवस्थामा उपचारको लागि राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याए पनि घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्