News Portal

कांग्रेस महाधिवेशनमा राति ९ बजेसम्म मतदान हुने

रातोपोस्ट संवाददाता
४०५ पटक

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन अन्र्तगत जारी मतदान प्रक्रिया आज रातिसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदान प्रक्रिया राति ९ बजेसम्म चल्ने सूचना निकालेर जानकारी दिएको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान करिब १२ बजेदेखि सुरु भएको थियो।

राष्ट्रियसभा गृह, र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण) मा मतदान स्थल तोकिएको छ। कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ।

कांग्रेस विधान अनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ।

प्रतिकृया दिनुहोस्