News Portal

कांग्रेस सभापतिमा अग्रता बढाउँदै देउवा

रातोपोस्ट संवाददाता
२९८ पटक

काठमाडाै, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार २ सय मतगणना सकिएकाे छ । अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १ हजार ५१ र डा. शेखर कोइरालाले ७ सय ९३ मत प्राप्त गरेका छन ।

यस्तै, प्रकाशमान सिंहले २०५ मत प्राप्त गरेका छन भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ हजार ३४० मत चाहिन्छ ।नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस्