News Portal

प्रदीप ज्ञवालीलाई कोभिड संक्रमण

रातोपोस्ट संवाददाता
२६४ पटक

काठमाडौं, २८ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ को संक्रमण भएको छ । ज्ञवालीले आफूलाई सामान्य लक्षण देखिएको भन्दै सम्पर्कमा आएकाहरूलाई लक्षण देखिनासाथ परीक्षण गराउन आग्रह गरेका छन् ।

“कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४–५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ ,” उनले फेसबुकमार्फत् भनेका छन् ।

प्रतिकृया दिनुहोस्