News Portal

जाडोका लागि सीजी ब्रुअरीले ल्यायो टिमुर बियर

रातोपोस्ट संवाददाता
८३७ पटक

काठमाडाैँ, २८ मंसिर । चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रुअरीले नेपालमा टिमुर बियर बजारमा ल्याएको छ। ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो।यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको भनाइ छ। सिजी ब्रुअरीले बेला–बेलामा आफ्ना बियरका पारखीहरूका लागि फरक स्वादमा बियर उत्पादन गर्दै आएको छ। कम्पनीकाअनुसार यस्ता उत्पादन उपभोक्ताबीच अत्यन्तै लोकप्रिय सावित हुँदै आएका छन्।

टिमुरको स्वादमा उत्पादन गरिएको यो वियरले उपभोक्तालाई सन्तुष्टि दिने विश्वास कम्पनीको छ। नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदैँ आएको छ।

टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ। यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ। ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मूल्य तीन सय ४० र तीन सय ३० मि.लि. बोतलको उपभोक्ता मूल्य १७५ रुपैयाँ कायम गरिएको छ।

प्रतिकृया दिनुहोस्