News Portal

कांग्रेस महाधिवेशन: आज उपसभापतिको मतगणना

रातोपोस्ट संवाददाता
३८३ पटक

काठमाडाैँ, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापतिको मतगणना हुने भएको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार अब केहीबेरमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू हुनेछ।

आज हामी उपसभापतिकोमात्रै मतगणना गर्छौं। राति दस बजेसम्म सकिन्छ कि भन्नेछ,’ घिमिरेले भने,‘महामन्त्रीको भोलिमात्रै गन्न थाल्छौं।’महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए। गत सोमबार उपसभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना सानेपामै हुनेछ।

कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन्।

प्रतिकृया दिनुहोस्