News Portal

छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रातोपोस्ट संवाददाता
६०४ पटक

काठमाडाैँ, २९ मंसिर । छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए । ०७८ साउनदेखि आफुलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । रावल सो कलेजका लगानीकर्ता पनि हुन् ।

प्रतिकृया दिनुहोस्