News Portal

२४ घण्टामा १८४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौ‌, १ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३० जनाको पीसीआर परीक्षणमा १६० र ३ हजार ७८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्