News Portal

क्यानका अध्यक्षलाई प्रधानमन्त्री देउवाको फोन : खेलाडीको कारवाही के हो ?

रातोपोस्ट संवाददाता
७०९ पटक

काठमाडौं, २ पुस । प्रधानमन्धी शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई कारबाही गरेकोप्रति चासो देखाएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरी त्यसबारेमा सोधखोज गरेका हुन् । प्रधानमन्त्री देउवाले सो क्रममा खेलाडीलाई कारबाही गरेको विषय के हो ? भन्दै प्रश्न गरेका थिए । त्यस्तै क्यानको विवादबारे मिलाउन समेत अध्यक्ष चन्दलाई आग्रह गरेका थिए ।

शुक्रबार बिहान सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवासँग भेटघाट गरेका थिए । नेपाली कांग्रेसको पुनः पार्टी सभापति विजयी भएकोमा बधाइ साथै अन्य विषयमा समेत छलफल गरेका थिए । भेटघाटका क्रममा प्रचण्डले क्यानको विवादबारे देउवाको् ध्यानाकर्षण समेत गराएका थिए । प्रचण्डले ध्यानाकर्षण गराएपछि देउवाले त्यसबारेमा चासो राख्दै क्यानको समस्याबारे चासो राखेका हुन् ।

गत बुधबार क्याले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्दै कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । त्यसको अहिले आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्