News Portal

सर्वदलीय बैठक सुरू, एमाले अनुपस्थित

रातोपोस्ट संवाददाता
३३२ पटक

काठमाण्डाै, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेकाे छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी सहभागी छन् ।

प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो । एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरू सहभागी नभएको एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

यसअघि पनि नेकपा एसको सहभागितालाई लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

प्रतिकृया दिनुहोस्