News Portal

झापामा मानव अधिकार उल्लंघनका घटना धेरै : इन्सेक

रातोपोस्ट संवाददाता
२८५ पटक

विराटनगर,७ पुस । प्रदेश १ मा ९४२ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ । १४ जिल्लाका प्रतिनिधिहरूले मंगलबार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको बताएका छन् ।

इन्सेकका प्रतिनिधिहरूका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्बुमा ५५, संखुवासभामा ६१, तेह्रथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुङ्गामा ५१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू अभिलेख गरिएको बताएका छन् ।

इन्सेकका अनुसार एक वर्षको अवधिमा १७२ वटा घटना अभिलेख गर्दा ८० वटा बलात्कारका घटना भएको भएका छन् । जिल्ला प्रतिनिधिहरूले बलात्कार, परिवारजनबाट हत्या, बाल विवाह, घरेलुहिंसाका घटनाहरूमा वृद्धि भएको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश १ प्रमुख सोमराज थापाले मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूमा वृद्धि हुनु राम्रो नभएको बताए । उनले अझै पनि मानव अधिकारको अवस्थामा सुधार हुन नसक्नु दुखद भएको बताए ।

प्रतिकृया दिनुहोस्