News Portal

२९३ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४१४ पटक

काठमाडाैं, ८ पुस । पछिल्लो २४ घण्टामा नेपालमा २९३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४१ जना र एन्टिजन परिक्षण गर्दा ५२ जना गरि जम्मा २९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ८२ हजार ६४१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ ।

प्रतिकृया दिनुहोस्