News Portal

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रातोपोस्ट संवाददाता
६२० पटक

झापा, ८ पुस । झापाको कमल गाउँपालिका- ५ मा स्कुल बसको ठक्करबाट बुधबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट सुनसरी बराहक्षेत्र नगरपालिका- १० का २२ वर्षीय अभिषेक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको दमक- ६ मा रहेको ग्लोबल एजुकेशन एकेडेमीको को. १ क १३९१ नम्बरको बसले पश्चिमतर्फ जाँदै गरेको प्र. १-०२-०४८ प ३०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते चालक यादव र मोटरसाइकलको पछाडि सवार बराहक्षेत्र नगरपालिका- १० का २५ वर्षीय रामकुमार खड्कालाई लाइफ लाइन अस्पताल लगिएकोमा यादवको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका- २ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्