News Portal

पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिए, १ को मृत्यु

रातोपोस्ट संवाददाता
६८४ पटक

काठमाडौ‌, ९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६० जनाको पीसीआर परीक्षणमा २३७ र ३ हजार ८३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण २३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थ१ २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्