News Portal

आज क्रिसमस डे

रातोपोस्ट संवाददाता
५६१ पटक

काठमाडाैं, १० पुस । क्रिश्चियन धर्माबलम्बीले आज क्रिसमस डे मनाउँदै छन्। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस डे मनाइन्छ। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं.२०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउने थालेको हो।

दिवसका अवसरमा वि.सं. २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा वि.सं. २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ। हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ।

प्रतिकृया दिनुहोस्