News Portal

२४ घण्टामा थपिए १६७ संक्रमित, एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३२५ पटक

काठमाडौ‌, १० पुस । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८३ जनाको पीसीआर परीक्षणमा १५७ र २ हजार १६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्