News Portal

भोलि तमु ल्होसारको सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
६४२ पटक

काठमाडौं, १४ पुस । सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ।

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ। तमु (गुरुङ) समुदायले प्रत्येक वर्ष पुस १५ गतेका दिन ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछ।

प्रतिकृया दिनुहोस्