News Portal

शुक्रबार थपिए २३५ नयाँ संक्रमित, चार जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३३८ पटक

काठमाडौ, १६ पुस । नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २३५ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार ८८५ जनाको पिसिआर परीक्षण र ११९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २१२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ पुगेको छ। यस्तै काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ गरी १५४ छन्।

प्रतिकृया दिनुहोस्