News Portal

भीरबाट लडेर मजदूरको मृत्यु

रासस
५३१ पटक

नुवाकोट, १६ पुस । भीरबाट लडेर बैतडीमा आज एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्