News Portal

केन्द्रीय कमिटीले माओवादीको पदाधिकारी छान्ने, आज बैठक

रातोपोस्ट संवाददाता
६७६ पटक

काठमाडाै, १९ पुस । नेकपा माओवादी केन्द्रको पदाधिकारी केन्द्रीय कमिटीका सदस्यहरूले चयन गर्ने भएका छन् ।माओवादीको आठौं महाधिवेशन आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेर सकिएको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए भने उक्त प्रस्ताव अनुमोदन गरिएको थियो।

प्रचण्डले खुल्लातर्फ १३२ र सामानुपातिकतर्फ १२५ जनाको नाम पेश गरेका थिए। उक्त नाम महाधिवेशन प्रतिनिधिहरूले पारित गरेका थिए।अब पदाधिकारीय चयन गर्न बाँकी छ। केन्द्रीय सदस्य कृष्णबहादुर महराका अनुसार आज बस्ने केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन गरिनेछ।

महाधिवेशनले पदाधिकारी चयन गरेको थिएन। पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिइएको थियो। पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहनेछन्। माओवादीले सहमतिकै आधारमा पदाधिकारी चयन गर्ने नभए निर्वाचनमा जान सकिने बताइरहेको छ।

प्रतिकृया दिनुहोस्