News Portal

उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल परिक्षण

रातोपोस्ट संवाददाता
५४९ पटक

एजेन्सी, २१ पुस । उत्तर कोरियाले बुधवार ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरतर्फ पठाएको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तरले नयाँ वर्षको आरम्भमै शक्तिप्रदर्शन गरेको हो ।स्थानीय समयअनुसार बिहान ८ः१० मा जागाङ प्रान्तबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफले जनायो ।

गत सेप्टेम्बर महिनामा उत्तरले जागाङबाटै हाइपरसोनिक क्षेप्यास्त्र ह्वासोङ–८ प्रहार गरेको थियो । दक्षिण कोरियाली सेनाले अमेरिकासँग मिलेर उत्तर कोरियाका गतिविधिहरूलाई नजिकैबाट नियालिरहेको छ । उत्तरले थप प्रक्षेपण गर्न सक्ने सम्भावनालाई विचार गर्दै ऊ तयारी अवस्थामा रहेको छ ।

उत्तरको सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटी प्लेनरीको पाँच दिने बैठक शुक्रवार टुंगिएलगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको हो । उक्त बैठकमा सहभागीहरूले देशको प्रतिरक्षा क्षमतालाई बढाउने महत्त्वमा जोड दिइएको थियो ।

प्रतिकृया दिनुहोस्