News Portal

बुधबार थपिए ४ सय ३५ संक्रमित

रातोपोस्ट संवाददाता
३२१ पटक

काठमाडौं, २१ पुस । पछिल्लो २४ घन्टामा देशभर ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ७ सय १५ जनामा पिसिआर र ३ हजार ५ सय ५२ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ सय ७० र ६५ जना संक्रमित थपिएका हुन्।

हालसम्म कोरोनाबाट कुल ११ हजार ६ सय १ जनाको मृत्यु भइसकेको छ। यस्तै, आज २ सय ३९ जना संक्रमणमुक्त भएका छन् भने देशभरि ५ हजार २ सय २५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रतिकृया दिनुहोस्