News Portal

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोमा दुईजना पक्राउ

रातोपोस्ट संवाददाता
५२७ पटक

काठमाडौं, २१ पुस । पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेसनल टुर एन्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका २४ वर्षीय समिर कार्की रहेका छन् ।

उनीहरूले वर्किङ भिषामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्ने, पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाइदिने र त्यहाँ मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ भनी चार जनाबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्