News Portal

नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिइएको विषयमा छानबिन गर्न समिति गठन

रातोपोस्ट संवाददाता
२७६ पटक

काठमाडौँ, २२ पुस । नारायणहिटी दरबार संग्राहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउन बतास समूहलाई दिएको विषयमा विरोध भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए । यस विषयमा प्रतिवेदन तयार पार्न मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

सदस्यहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्