News Portal

मेचीनगरमा एमालेकाे टाेल प्रशिक्षण

रातोपोस्ट संवाददाता
५३३ पटक

झापा, १५ चैत्र । झापाकाे मेचीनगरमा नेपाल कम्युनिष्ट पार्टिले सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मंगलबार मेचिनगर- ३ स्थित सहिद स्मृति सामुदायीक भवनमा पार्टीले टाेल कमिटिलाई सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य रबिन काेइराला रहेका थिए । कार्यक्रममा प्रदेश सदस्य गोपालचन्द्र बुढाथोकी, निलकन्ठ तिवारी, राजु कार्की र श्रीप्रसाद मैनाली, जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, सन्ताेश आचार्य, टिका मग्रराती, भुपाल शिवाकाेटी, रेनुका डांगी, चन्द्र प्रसाद राई, राम भण्डारी , नगर अध्यक्ष राजु पाेखरेल, नगरका सचिव डेनु मगरकाे आतिथ्यता रहेकाे थियाे ।

खगेन्द्र पाेख्रेलले सञ्चालन गरेकाे कार्यक्रममा अध्यक्षता राजेन्द्र थापाकाे रहेकाे थियाे । कार्यक्रममा विभिन्न पार्टीबाट १ सय जना नेता तथा कार्यकर्ता एमाले प्रबेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्