News Portal

झापालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइलनमा

रातोपोस्ट संवाददाता
४२३ पटक

इटहरी, २४ चैत्र । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आर्मीको फाइनल यात्रामा टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । रोलिङका मार्टिनले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा सन्तोष तामाङको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । ९०औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । त्यसपछि रोलिङका मार्टिनले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन ।

आर्मीका टेकबहादुर बुढाथोकी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारे । बिहीबार मनाङ–मस्र्याङ्दी क्लब काठमाडौं र सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । बिहीबारको विजेता र आर्मीबीच इटहरी रंगशालामा शनिबार फाइनल खेल छ ।विजेताले नगद ७ लाख पाउनेछन् । उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्