News Portal

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

रातोपोस्ट संवाददाता
४७४ पटक

तनहुँ, २५ चैत । व्यास नगरपालिका–१२ देउरालीमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्