News Portal

मेचीनगरको मतगणना विहान ८ बजे पछि सुरु हुने

रातोपोस्ट संवाददाता
४७९ पटक

झापा, ३१ बैशाख । मेचीनगर नगरपालिकाको मतगणना अहिले विहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका बुझाउने काम नै हिजो मध्यरातिसम्म लागेकाले आज विहान ८ बजेदेखि मतगणना सुरु गरिने मेचीनगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान ८ बजे सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने तयारी गरेको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।

मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेरामा राखिएको निर्वाचन अधिकृत फुयलले जानकारी दिए ।

हिजो सम्पन्न मतदानमा मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्