News Portal

हल्दिबारीमा चट्याङ लागेर एक युवकको मृत्यु

रातोपोस्ट संवाददाता
५६७ पटक

झापा, २ जेठ । झापाकाे हल्दिबारीमा आइतबार राति पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका -२ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार गएराति साढे १ बजे भेना शौचालय गर्न कोठाबाट बाहिर निस्किएका थिए । सोही बेला परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । यता प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिकृया दिनुहोस्