News Portal

कनकाई- ७ मा गठबन्धनका उम्मेदवार सिटौला विजयी

रातोपोस्ट संवाददाता
६११ पटक

झापा, २ जेठ । झापाकाे कनकाई नगरपालिका- ७ मा नेपाली काँग्रेसको वडा अध्यक्षसहित गठबन्धनले जित हासिल गरेको छ । काँग्रेसका भिष्मभुषण सिटौला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका प्रकाश सिवाकोटीलाई २४८ मतले पराजित गरेका हुन् । सिटौला १११५ र सिवाकोटीले ८६७ मत ल्याएका छन् ।

त्यस्तै सदस्यमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल लिम्बू ८९३ , काँग्रेसका भगन टुडू ६८७, महिला सदस्यमा काँग्रेसका अरुणा सुब्बा ९४८ र दलित महिला सदस्यमा काँग्रेसका सावित्रा कार्की ८४७ मतसहित विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्