News Portal

ह्याप्पी क्लब र संगम फुटबल क्लबको बराबरी

रातोपोस्ट संवाददाता
४०३ पटक

झापा, २२ जेठ । प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले थुप्रै पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् ।खेलमा उत्कृष्ट प्रदर्शनी गर्न सफल संगमका गोल किपर विशेष खत्री म्यान अफ द म्याच घोषित । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा ह्याप्पीका प्रनिस परियार घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

त्यसैगरी आज नै भएको दोस्रो खेलमा सुरूवाती अग्रता जोगाउन नसक्दा राइजिङ ब्वाइज एफसीलाई २(१ गोल अन्तरले पराजित गर्दै क्लासिक वारियर्स विजयी भएको छ । क्लासिकको तर्फबाट आदित्य बुढाथोकीले व्यक्तिगत २ गोल गरे । राइजिङको तर्फबाट सुदन बेस्राले एक गोल गरे ।क्लासिक वारियर्सबाट उत्कृष्ट खेलेका आदित्य बुढाथोकी म्यान अफ द म्याच घोषित भए । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा राइजिङ ब्वाइजका सुदन बेस्रा घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित लिगमा १३ अंक सहित ह्याप्पी क्लब शिर्ष स्थानमा छ । ५ अंकसहित क्लासिक वारियर्स दोस्रो, ८ अंकसहित संगम फुटबल क्लब तेस्रो र १ अंकसहित राइजिङ ब्वाइज एफसी पुछारमा रहेको छ ।जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्