News Portal

लहान नगरपालिकाका उपमेयर विरुद्ध जर्बजस्ती करणीको उजुरी

रातोपोस्ट संवाददाता
२८१ पटक

काठमाडाैँ, ६ श्रावण । सिरहाको लहान नगरपालिकाका उपमेयर राम महतो विरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो विरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । गत जेठ महिनाको घटनालाई लिएर अहिले दर्ता भएको हो ।

प्रतिकृया दिनुहोस्