News Portal

मेचीनगरमा फहराइयो राष्ट्रिय झण्डा

रातोपोस्ट संवाददाता
२३३ पटक

झापा, ४ असाेज । रोटरी क्लव अफ मेचीनगरले संविधान दिवसको अवसरमा मेचीनगरको विभिन्न स्थानमा नेपालको राष्ट्रिय झण्डा राखेको छ । क्लबले साेमबार आठौं संविधान दिवसको अवसर पारेर काँकरभिट्टा, इटाभट्टा, धुलाबारी र चाराआलीमा राष्ट्रिय झण्डा झण्डोतलन गरेको हो ।

क्लबका अध्यक्ष अनन्त प्रकाश वस्तीको नेतृत्वमा आयोजित राष्ट्रिय झण्डा झण्डोतलन कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर- ७ का वडाध्यक्ष प्रल्लाद ओली, १३ का वडाध्यक्ष कृष्ण सिग्देल, मेचीनगर कार्यापालिका सदस्य चित्र धिमाल, प्रितम काफ्ले, रविन ओझा, ऋषि तिम्सिना, रोट्रायक क्लब अफ मेचीनगरका अध्यक्ष बिशाल कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्