News Portal

केशवराज पाण्डेलाई सभापतिको जिम्मेवारी

रातोपोस्ट संवाददाता
२२३ पटक

झापा, २८ असाेज । झापा क्षेत्र नम्बर-१ का युवानेता केशवराज पाण्डे नेपाली काङ्ग्रेस झापाको कार्यावाहक सभापति बनेका छन् । झापा काँग्रेस जिल्ला कार्यसमितिका पधाधिकारीहरुको शुक्रबार बसेको बैठकले पाण्डेलाई सो जिम्मेवारी सुम्पेको हो ।

झापा-४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि काङ्ग्रेस झापा सभापति देउकुमार थेवेले आफूले सम्हाल्दै आएको जिम्मेवारी पाण्डेलाई दिएका हुने । पाण्डे झापा काँग्रेसको उपसभापति हुन् । विधानत: काँग्रेसमा दुईजना उपसभापति हुन्छन् ।

मेचीनगर-७ इट्टाभट्टा निवासी पाण्डे अर्का उपसभापति शेरबहादुर भट्टराईभन्दा उमेरले कनिष्ठ भएपनि उनले काङ्ग्रेस झापाको नेतृत्व गर्ने गहन जिम्मेवारी पाएका हुन् । पाण्डे झापा काँग्रेसमा लोकप्रिय युवानेता हुन् । झापा-४ बाट थेवे संघीय संसदमा निर्वाचित भए झापा काँग्रेसको नेतृत्व पाण्डेको काँधमा आउने यसले आधार तयार गरेको छ।

प्रतिकृया दिनुहोस्