News Portal

जनसमाजवादी पार्टी नेपालकाे घरदैलो अभियान जारी

रातोपोस्ट संवाददाता
५२१ पटक

झापा, २४ कार्तिक । निर्वाचनको मिति नजिकिएसँगै जनसमाजवादी पार्टी नेपालले झापामा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् ।

शुक्रबार झापाकाे विर्तामोड बजार,बुद्वशान्ती गाउँपालिका-१,२, र ३ अर्जुनधारा नगरपालिका – २,३,४, र ५ मा जनसमाजवादी पार्टीका -२ का प्रतिनिधिसभा उम्मेद्वार कृष्णप्रसाद गाैतम र समानुपातिक उमेदवार रिवज ल्वागुन मतदाताको समस्या सुन्न घरघरमा पुगे । मत माग्न घर तथा टोल टोलमा पुगेका गाैतम र ल्वागुनलाई अधिकांश मतदाताले उत्साहका साथ अघि बढ्न हौसला प्रदान गरेका थिए ।

मतदाताहरुले गाैतम र ल्वागुनबाट समाजले विकासको निम्ति थुप्रै अपेक्षा रहेको बताउँदै निर्वाचित भएपछि मतदाताको भावनालाई चोट नपुर्याउन सुझाव समेत दिए । उम्मेद्वारहरुले समेत मतको सम्मान गर्दै जनसमाजवादी पार्टीले जिते समाज र देशमा परिवर्तनको अनुभूति हुनगरी काम गर्ने मतदातालाई विश्वास दिलाएका थिए ।

प्रतिकृया दिनुहोस्