रातोपोस्ट संवाददाता
झापा, २६ जेठ २६ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको मतदान भइरहेको छ । आज बिहान ७ः२० बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजे बजेसम्म २ हजार ८ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए ।
निर्वाचनमा ६ हजार ६ सय ७४ जना मतदाता रहेका छन् । मेचीनगर- ६ स्थित काँकरभिट्टा स्कुलमा भएकाे मतदानस्थलमा ६ वटा केन्द्रमा मतदान भइरहेको छ । मतगणना भने भोलि विहान ८ बजेदेखि सुरु गरिने निर्वाचन समितिका संयाेजक कार्कीले जानकारी दिए । काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाकाे समर्थनमा सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेको छ ।