News Portal

काँकरभिट्टा खानेपानी निर्वाचन सम्पन्न, ५ हजार २० मत खस्याे

रातोपोस्ट संवाददाता
११५ पटक

झापा, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको मतदान सम्पन्न भएकाे छ । आज बिहानदेखि सुरु भएको मतदानमा ५ हजार २० मत खसेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।

६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदान काकरभिट्टा मावि परिषरमा तयार गरिएको मतदानस्थलमा ६ वटा मतदान केन्द्रमा मतदान भएकाे थियाे । मतगणना भोलि विहान ८ बजेदेखि सुरु गरिने निर्वाचन समितिका संयाेजक कार्कीले जानकारी दिएका छन् । काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाकाे समर्थनमा सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्