News Portal

खानेपानी चुनाव : अध्यक्षमा बुढाथोकी र सचिवमा विशाल तामाङको अग्रता

रातोपोस्ट संवाददाता
१५६ पटक

मेचीनगर, २७ जेठ । काँकरभिट्टा खानेपानीको मतगणनामा अध्यक्ष पदका उम्मेद्वार रोहित कुमार बुढाथोकीले सुरूवाती अग्रता कायम गरेका छन् ।

पदाधिकारी तर्फको पहिलो दुई सय मत गणना हुँदा काँग्रेसका बुढाथोकीले ९५ मत प्राप्त गरेका छन् । अध्यक्षका एमाले उम्मेद्वार सन्तोस आचार्यले ७६ मत पाएका छन् । अध्यक्षमा रास्वपाका उम्मेद्वार सदर्शन खड्काले १६ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका गोबिन्द गिरीले १ सय ३, माओवादी केन्द्रका राजकुमार दाहाल ६३ र रास्वपाका कृष्ण सुवेदीले २० मत ल्याएका छन् ।

त्यस्तै सचिवमा काँग्रेसका विशाल तामाङले ८९, जसपाका दिलिपजंग सुब्बाले ६३ र रास्वपाका नरेन्द्र शिवाकोटीले ३० मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा एमालेकी बिमला तामाङले ९०, नेकपा एसकी बिमला देवकोटाले ७० र रास्वपाकी सुधादेवी खड्काले १७ मत प्राप्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्