News Portal

गृहपृष्ठ प्रदेश १

सशस्त्र प्रहरीले ल्यायो नाका निगरानी गर्न कुकुर

झापा, २६ असाेज । पूर्वी नाकाको सुरक्षार्थ तालिमप्राप्त कुकुर ल्याइएको छ । नाकाको सुरक्षा व्यवस्थालाई थप मजवुत बनाउन नेपाल प्रहरीपछि सशस्त्र प्रहरीले पनि कुकुर ल्याएको हो । सशस्त्रले शुक्रबारदेखी कुकुरको प्रयोग गरेर सुरक्षा जाँच सुरु...बाँकी

परिवर्तन थिएटर नाटक ‘म्लेच्छ’को प्रर्दशन शुरु

झापा, २६ असाेज । परिवर्तन थिएटरको प्रस्तुती नाटक ‘म्लेच्छ’ बिहिबारबाट प्रर्दशन शुरु भएको छ । परिवर्तन थिएटर काँकरभिट्टामा दैनिक दुई वटा शो भइरहेको हो । बिहिबारबाट प्रर्दशन शुरु नाटक म्लेच्छले आदिवासी समुदायको अवस्थाको बारेमा चित्रण...बाँकी

जनयुद्धलाई अपराधीकरण नगर्न विप्लवको चेतावनी

झापा, २५ असाेज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । बुधबार झापाको बिर्तामोडमा समाजवादी मोर्चा झापाको सन्देश सभालाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धलाई अपराधीकरण...बाँकी

कोशीमा मुख्यमन्त्रीका लागि आङ्बो र कार्कीको दाबी पेस

विराटनगर, २५ असाेज । कोसी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी गरेका छन्। आङ्बो माओवादी प्रदेश संसदीय दलका नेता हुन्। दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। गठबन्धनको बिहीबार...बाँकी

महेश बस्नेत सहभागी कार्यक्रममा गाडीमा तोडफोड

झापा, २५ असाेज । झापामा पहिचानवादीहरूले एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार झापा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न...बाँकी

मेचीनगरको एक विद्यालयका शिक्षक मातेर विद्यालय पुगेपछि…

मेचीनगर, २५ असोज । मेचीनगर–९ स्थित हरी आधारभुत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयका शिक्षक ध्रुव पौडेल आज विहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगे...बाँकी

झापा इनर्जी विद्युत् उत्पादन सुरु गर्ने तयारीमा

झापा, २५ असाेज । झापाको शिवसताक्षी नगरपालिका- ४ स्थित सौर्य ऊर्जा परियोजना झापा इनर्जीले अबको डेढ महिनापछि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । सोलार प्यानल आइसकेकाले अनलोडिङ र टेस्टिङ गरिसकेपछि विद्युत् उत्पादन गर्न शुरु...बाँकी

एनएमसीका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक

मेचीनगर, २५ असाेज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक परेको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनका ८२ वर्षीय बुबा टीकाप्रसाद शिवाकोटीको बिर्तामोड स्थित कनकाई अस्पतालमा निधन भएको हो...बाँकी

नृत्य प्रतियोगितामा बालकल्याण मावि प्रथम

झापा, २४ असाेज । झापाको मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार दसैं विषेश कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा...बाँकी

रंगमञ्चमा यथार्थ: कुनै जमानाका जमिनदारहरु आज कसरी सुकुम्बासी भए ?

मेचीनगर, २४ असोज । नाट्य क्षेत्रमार्फत समाज परिवर्तनका कयौँ मुद्दाहरु उठाउँदै आएको परिवर्तन थिएटर झापाले पुन एकपटक आदिवासीहरुको कथा नाटक ‘म्लेच्छ’ रंगमञ्चमा उतार्दैछ । कुनै जमानाका जमीनदारहरु आज कसरी सुकुम्बासीमा परिणत भए ? जमीनदार आदिवासीहरु...बाँकी