News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

प्रतिनिधिसभा बैठकबाट दुई विधेयक स्वीकृत

काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी...बाँकी

सरकारले बकर ईदमा आइतबार दियो सार्वजनिक बिदा

काठमाडौं, २२ असार । सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको हो। बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको...बाँकी

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई...बाँकी

स्थानीय तहहरूले हटाउँदै करारका शिक्षक र कर्मचारी

काठमाडौं, २२ असार । बैतडीका स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् । साउन १ देखि करारका...बाँकी

नागरिकता विधेयक : पुरानो फिर्ता गरेर नयाँ दर्ता गर्ने सरकारको तयारी

काठमाडौँ, २१ असार । सरकारले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने भएको छ । मंगलबार साँझ बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा नागरिकतासम्बन्धी...बाँकी

नक्कली नोटसहित दुई पक्राउ

काठमाडौँ, २१ असार । नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदैै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६...बाँकी

संघीय तथा प्रदेश निर्वाचन मंसिर २ मा गर्ने आयोगको तयारी

काठमाडौँ, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन मंसिर २ गते गर्न सरकारलाई सुझाव दिने भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको...बाँकी

बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

भक्तपुर, २१ असार । भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा ७८ प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको...बाँकी

अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

जनकपुर, २१ असार । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम...बाँकी

रामेछाप बस दुर्घटना : घाइतेको उपचारमा काभ्रे कांग्रेसको पहल

रामेछाप, २१ असार । रामेछाप बस दुर्घटनाका घाइतेको उपचारमा काभ्रे कांग्रेसले पहल थालेको छ । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामासहित कांग्रेस नेताको टोलीले घाइतेहरूको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगी घाइतेहरूको अवस्था र अन्यत्र...बाँकी