News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राष्ट्रिय, समाचार

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

एजेन्सी, ९ मंसिर । स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । निवर्तमान अर्थमन्त्रीसमेत रहेकी माग्डालेना अन्डेर्सन...बाँकी

कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० भित्र सार्वजनिक हुने

काठमाडौँ, ९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा...बाँकी

दुधको मूल्य ह्वात्तै बढाउने तयारी, १४ रुपैयाँसम्म वृद्धिको प्रस्ताव

काठमाडाैं, ९ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई...बाँकी

झापा बुद्धशान्तिका युवक एक महिनादेखि बेपत्ता

झापा, ९ मंसिर । जिल्लाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारेका २८ वर्षीय प्रवीण मगर एक महिनादेखि बेपत्ता भएका छन् । मजदुरी गर्न गत कार्तिक ७ गते रामेछाप पुगेका उनी त्यसको भोलि कार्तिक ८ देखि बेपत्ता...बाँकी

माओवादी केन्द्र मेचीनगर –३ को अध्यक्षमा दास

झापा, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) मेचीनगर –३ को अध्यक्षमा चन्द्र दास चयन भएका छन् । बुधबार मेचिनगर- ३ मा रहेकाे सहिद प्रतिष्ठान हलमा भएको वडा अधिवेशनबाट दास सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।...बाँकी

झापाबाट दुर्गा प्रसाईँसहित ६ जना एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत

झापा, ८ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा विएण्डसीका सञ्चालक दुर्गा प्रसाईँसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनीत गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १ सय ६ जनालाई मनोनीत गरेको हो...बाँकी

नेपाली काँग्रेस झापामा कट्टेल प्यानलका उम्मेदवारको नाम सार्वजनिक

झापा, ८ मंसिर । नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेदवार रामबहादुर कट्टेल समूहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ । कट्टेल समूहबाट उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार हुने निश्चित भएको राम कट्टेल...बाँकी

सरकारले राजीनामा मागे कानुनको सहारा लिन्छौँ

विराटनगर, ८ मंसिर । सरकारले राजीनामा माग गरे आफूहरू कानुनको सहारामा जाने प्रदेश १ खेलकुद बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बताएका छन्।विराटनगरस्थित बोर्डको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन सरकारले राजीनामा माग गरिनहाल्ने विश्वास लिए।...बाँकी

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडाैँ, ८ मंसिर । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३३२ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो...बाँकी

एमालेको नेतृत्वमा केपी ओलीको विकल्प छैन : प्रदीप ज्ञवाली

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा उनले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन...बाँकी