News Portal

नेकपाको युवासंघको जिल्ला तहको एकता पुर्ण

रातोपोस्ट संवाददाता
८४२ पटक

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ।

राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो।

लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोकिएको छैन।दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए।ती दुई जिल्लाका संयोजक पछि तोकिने जानकारी राष्ट्रिय युवा संघ नेपालका एक नेताले दिए।
७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङकम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ।

त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ।
युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरिसकेको छ।

 

130Shares
Share
प्रतिकृया दिनुहोस्