News Portal

गाउँपालिका कार्यालयमा शक्तिशाली बम विस्फोट

रातोपोस्ट संवाददाता
७९७ पटक

सिरहा। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ ।

विस्फोटबाट कार्यालयका झ्याल र ढोका तथा फर्निचरमा क्षति पुगेको छ । सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिए ।

यसअघि गत १३ मंसिरमा सिरहाकै धनगढीमाई नगरपालिकामा राखिएको प्रेसर कुकर बम सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो ।

गएराति मात्र धनुषाको सिद्धेश्वरनाथ नगरपालिका– ५ स्थित एक घरमा भएको बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्