News Portal

सुरक्षा पोस्टनजिकै शक्तिशाली बम विस्फोट, कम्तीमा ७६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५३७ पटक

एजेन्सी। सोमालियाको राजधानी मोगादिशुमा कार बम विस्फोट हुँदा कम्तीमा  ७६ जनाको ज्यान गएको छ । शनिबार बिहानको समयमा मोगादिशुको व्यस्त चेक प्वाइन्ट नजिकै कार बम विस्फोट भएको हो ।

मदिना अस्पतालका निर्देशक डा. मोहम्मद युसुफले सामाचार संस्था एसोसिएटेड प्रेस एएफपी सँग भने, ‘हामीले ७३ जनाको शव प्राप्त गरेका छौँ । मृतकको सङ्ख्या बढ्न सक्छ ।’

यो विस्फोटको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । विस्फोटको कुनै समूहले जिम्मा नलिए पनि अल–शबाबले बारम्बार यहाँ आक्रमण गर्दै आइरहेको छ ।

१० वर्षअघि पनि अल–शबाबले यस्तै ठूलो विस्फोट गराएको थियो । अल–शबाब, आतंकवादी संगठन अल–कायदासँग जोडिएको इस्लामिक आर्मीको समूह हो ।
घटनाका प्रत्यक्षदर्शीहरुले विस्फोटको भयानक दृश्यलाई यसरी बताएका छन् :

‘विस्फोटपछि मैले विभत्स भएका शवहरु देखेँ। कसैको शरीर चिनिन नसक्नेगरी जलिरहेको थियो’, घटनाको नजिकै रहेका सकारी अबदुकादिरले भने ।

सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले विस्फोटमा ९० जनाभन्दा बढीको ज्यान गइसकेको जानकारी प्राप्त भए पनि पुष्टि नभइ सकेको बताए ।

ज्यान गुमाउनेमा धेरै विश्वविद्यालयका विद्यार्थी रहेको बीबीसीले उल्लेख गरेकाे छ ।

अल्लाहले विस्फोटबाट प्रभावितलाई दया गरुन् पूर्व आन्तरिक सुरक्षा मन्त्रीले भने ।

यही महिनाको सुरुवातमा अल–शबाबको आक्रमणमा पाँच जनाले ज्यान गुमाएका थिए, होटलमा भएको आक्रमणमा राजनीतिज्ञ, कुटनीतिज्ञ र सैन्य अधिकारीहरु थिए ।

प्रतिकृया दिनुहोस्