News Portal

  • बालुवाटार जग्गा प्रकरण : अख्तियार पूर्वाग्रही भएको काङ्ग्रेसकाे ठहर, काठमाण्डौमा आज विरोध प्रदर्शन गर्ने

    रातोपोस्ट संवाददाता
    ६३२ पटक

    काठमाण्डाै।  बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको भन्दै नेपाली काङ्ग्रेसले सडक आन्दोलन सुरु गर्ने भएको छ ।

    बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउनेविरुद्ध मुद्दा चलाउँदा अख्तियारले सरकार निकटलाई उन्मुक्ति दिएको तर काङ्ग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई भने फसाएको दाबी गर्दै काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले शुक्रबार दिउँसो साढे १२ बजे काठमाण्डौको माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

    बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विष्णु पौडेलका छोरा नवीनलाई उन्मुक्ति दिएको तर गच्छदारमाथि राजनीतिक प्रतिशोध लिएर मुद्दा लगाएकाले विरोध गर्नुपरेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले जनाएको छ ।

    यसैकाे विरोधमा काङ्ग्रेसले बिहीबार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।

    यसैबीच काङ्ग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बिहान १० बजे सिंहदरबारमा बस्ने दलको बैठकले विरोधका थप कार्यक्रम तय गर्ने मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

    प्रतिनिधि सभाको बैठक भने शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)