News Portal

  • एक महिनापछि संक्रमण बल्झिएको वुहानमा १० दिनभित्र एक करोड १० लाख मानिसको परिक्षण गर्ने तयारी

    रातोपोस्ट
    ६६१ पटक

    एजेन्सी। कोरोना भाइरसको उद्गम थलो चीनको वुहानले शहरका सबै बासिन्दामा कोरोना भाइरस रहे नरहेको थाहा पाउनका लागि परीक्षण गर्ने महत्वकांक्षी योजना ल्याएको छ ।

    वुहानका एक करोड १० लाख मानिसको परीक्षण १० दिनभित्र गरिसक्ने योजना बनाएको चीनको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

    यो योजना प्रारम्भिक चरणमा रहेको छ । हाल वुहानका सबै जिल्लाहरुलाई १० दिनभित्र परीक्षण गर्ने सम्बन्धमा विस्तृत योजनासहितको विवरण पठाउन आग्रह गरिएको समाचारमा उल्लेख छ ।

    वुहानमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सबै बासिन्दाको परीक्षण गर्ने योजना ल्याइएको हो । वुहानमा अप्रिल ३ यता पहिलो पटक संक्रमण देखिएको हो ।

    ११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहर गएको अप्रिल ८ पछि खुल्न थालेको थियो । विद्यालयहरु खुल्ने, व्यवसाय सञ्चालन हुने गरेपछि जनजीवन सामान्य अवस्थामा फर्किएको जस्तो ठानिएको थियो ।

    तर नयाँ संक्रमण देखिएसँगै फेरि चिन्ता थपिएको छ । हरेक जिल्लालाई परीक्षणको आफ्नै योजना बनाउन भनिएको र १० दिनमा सबैको परीक्षण सक्ने तयारी थालिएको खबरमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)