News Portal

रौतहटमा प्रहरीद्धारा १० लाख नगदसहित मोटरसाइकल बरामद

रातो पाटि
७०७ पटक

रौतहट। रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले ईशनाथ नगरपालिका–९ स्थित नहरको बाटोमा आज बिहान ६ बजेर ३० मिनेटमा १० लाख रुपैयाँ नगद र ना५४ प २११६ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

उक्त मोटरसाइकलको अगाडि कपडाको झोलामा केही सामान लिएर औरैयाबाट कुडियातर्फ गइरहेका दुई जनालाई प्रहरीले चेकजाँच गर्न पिछा गर्ने क्रममा ती दुई जना व्यक्ति मोटरसाइकल र नगद छोडेर भागेको प्रहरीले जनाएको छ । एकरएक हजारको ८ गड्डी र पाँचरपाँचसयको ४ गड्डी र १० हजार खुद्रा रकम रहेको असई ललित साहले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबीराज खड्काले उक्त रकम र मोटरसाइकल तस्करको हुन सक्ने जनाएका छन् । लकडाउनको समयमा लुकीछिपी भारतीय सामान खरिद गर्न जाने क्रममा प्रहरीलाई देखेर तस्कर समूह भागेको हुनसक्ने अनुमान रहेको एसपी खड्काले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्