News Portal

  • रौतहटमा क्वारेन्टाइन बनाउँदा झडप भएपछि प्रहरीले गोली चलायो

    रातोपोस्ट संवाददाता
    ५५३ पटक

    रौतटह। रौतहटमा क्वारेन्टाइन बनाउने विषयमा भएको विवाद झडपमा परिणत हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाउन लाग्दा स्थानीयसँग विवाद भएसँगै झडपको स्थिति उत्पन्न भएको हो ।

    बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टाइन बनाउन नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको हो । सो क्रममा प्रहरी सहायक निरीक्षक हिरालाल साह घाइते भएका छन् । टाउको चोट लागेका उनको गरुडामा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)