News Portal

  • नेकपा बुझायो ध्यानाकर्षण पत्र, वडामा पिसिआर परिक्षण गर्न माग

    रातोपोस्ट संवाददाता
    ६८९ पटक

    झापा, असार १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगर–४ वडा कमिटिले मेचीनगर नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परिक्षण गर्न सोमबार मेचीनगर कार्यालयमा नै पुगेर नगर प्रमुख विमल आचार्यलाई सो पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज खड्का र सचिव प्रविण भण्डारीले संयूक्त रुपमा हस्ताक्षर गरेको छन् ।

    कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि मेचीनगरले सहज रुपमा यथाशिघ्र कोरोनाको परिक्षण गरी नागरिकलाई कोरोना संक्रमण त्रासबाट मुक्त गर्नु पर्ने भन्दै ( नेकपा) मेचीनगर–४ वडा कमिटिले ध्यानाकर्षण पत्र बुझाएको नेकपा मेचीनगर–४ का सचिव प्रविण भण्डारीले जानकारी दिए । ।

    उनका अनुसार मेचीनगर ४ मा एक जना कोरोना संक्रमण पुष्टि भएसंगै क्वारेन्टिनमा बसेका नागरिकहरुमा मानसिक त्रास फैलने भन्दै यसलाई रोक्न पनि परिक्षण चाडो गर्नु पर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)