News Portal

  • नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    ३२० पटक

    वीरगञ्ज, साउन २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफुलाई ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जानकारी दिएकी छन् । उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएकी छन् ।

    सांसद श्रेष्ठले एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छन् । यसअघि प्रदेश १ का न्यायाधीवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आइसोलेसनमा छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)